गृहपृष्ठ सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार यो मूल्य सोमबारको तुलनामा २ सय रूपैयाँ बढी हो ।सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकिएको छ । सोमबार पनि चाँदी प्रतितोला सोही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:३४ बजे

















