गृहपृष्ठ ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी
ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी
नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएको छ । संगठनको फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार अध्यक्ष केदारप्रसाद देवकोटाले भने, ‘ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको छ, यदि त्यस्तो भए हामी आन्दोलनमा जान्छौं ।’
संसदीय समितिमा संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणका क्रममा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको भन्दै उनले आपत्ति जनाए । ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने तयारी भइसकेको उनले बताए । ‘त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेका छौं,’ उनले भने ।
प्रकाशित समय १३:०२ बजे

















