गृहपृष्ठ जर्मनीमा बन्दुकधारीको आक्रमण, ८ जनाको ज्यान गयो
जर्मनीमा बन्दुकधारीको आक्रमण, ८ जनाको ज्यान गयो
जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ । प्रहरीका अनुसार राति करिब १० बजेतिरका घटना हुन् ।
घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो। (बीबीसीबाट)
प्रकाशित समय ०७:४९ बजे

















