गृहपृष्ठ स्विस दूतावासले भन्यो- कमिसनका विषयमा हाम्रो कुनै संलग्नता छैन

स्विस दूतावासले भन्यो- कमिसनका विषयमा हाम्रो कुनै संलग्नता छैन

सेक्युरिटी प्रेस ठेक्का प्रकरणमा कमिसन मागिएको  विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको नेपालस्थित स्विस दूतावासले जनाएको छ । दूतावास प्रेस स्टेटमेन्ट जारी गरी पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस ठेक्काका विषयमा ७० करोड कमिसन मागेको विषयमा दूतावाससँग सम्बन्धित नरहेको स्पष्ट पारेको हो ।

यससम्बन्धमा स्विस दूतावासले विगतमा पनि कुनै बैठक नराखेको र मन्त्रीसँग भविष्यमा पनि कुनै मिटिङ बस्नेबारे नसोचेको जनाएको छ । कमिसनका विषयमा स्विस कम्पनीका स्थानीय एजेन्टसँग भएको बार्गेनिङमा पनि स्विस दूतावासको कुनै संलग्नता नरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु