गृहपृष्ठ दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाइरस संक्रमित

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाइरस संक्रमित

दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमित व्यक्तिको संख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको संक्रमण र मृतकको संख्यालाई अपडेट गराउँदै आएको छ ।

विश्वभरीमा कोरोनाबाट संक्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको संक्रमण सुरु भएको थियो । (रासस)

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु