गृहपृष्ठ ट्राफिकका ५२ जना प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा

ट्राफिकका ५२ जना प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा गरेका ५२ जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र इमानदारीको मूल्यांकन गर्दै उनीहरूलाई पदोन्नति गरिएको महाशाखा प्रमुख ढकालले बताए ।

कार्यक्रममा महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षतालगायत पेसागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरे । आगामी दिनहरुमा पनि त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सामूहिक भावनाका साथ तल्लीन रहन उनले निर्देशन दिए ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु