गृहपृष्ठ रोकिएन कोरोना महामारी : १५२ देशमा संक्रमण, ६ हजार ६०० जनाको मृत्यु
रोकिएन कोरोना महामारी : १५२ देशमा संक्रमण, ६ हजार ६०० जनाको मृत्यु
दमास्कसको अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको तापक्रम जाँच गरिँदै ।
विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको संख्या छ हजार ६०६ पुगेको छ ।
कुल मृत्यु भएको र संक्रमितको तथ्यांक हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्ड लगायका देश प्रभावित भएका छन् ।
प्रकाशित समय १४:०७ बजे

















