गृहपृष्ठ १८६ देशमा पुग्यो कोरोना : ११ हजार ३९७ को मृत्यु, २ लाख ७५ हजारभन्दा बढी संक्रमित

१८६ देशमा पुग्यो कोरोना : ११ हजार ३९७ को मृत्यु, २ लाख ७५ हजारभन्दा बढी संक्रमित

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३९७ पुगेको छ । शनिबार बिहानसम्म मात्रै १८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७८४ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

शनिबार मात्रै ३० हजार ८५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ३६६ जनाको ज्यान गएको छ । सबैभन्दा बढी ज्यान गुमाउने इटलीमा हालसम्म ४ हजार ३२ को ज्यान गएको छ । शुक्रबार मात्रै इटलीमा ५ हजार ९ सय ८६ जना संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमण अपडेट

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु