गृहपृष्ठ नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण
नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण
नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ । केही दिनअघि खोकी र ज्वरो आएपछि उपचारका लागि भारतको पटना लगिएका वीरगंजका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
पटनामा उनको परीक्षण गराउँदा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । उनका अनुसार संक्रमितलाई अहिले पटनामै आइसाेलेसनमा राखिएको छ ।
वीरगञ्ज महानगरपालिका – १० आदर्श नगरका ६७ वर्षीय ती संक्रमित पुरूष मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति भएको बताइएको छ ।
यसअघि संक्रमित पहिलो व्यक्ति उपचारपछि निको भइसकेका छन् ।
प्रकाशित समय १८:५९ बजे

















