गृहपृष्ठ साउदी अरबमा तीन साताका लागि कर्फ्यु घोषणा
साउदी अरबमा तीन साताका लागि कर्फ्यु घोषणा
साउदी अरबले सोमबार बेलुकादेखि तीन साताका लागि कर्फ्यु घोषणा गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार अप्रिल २३ देखि सुरु हुने कर्फ्यु मार्च १२ सम्म अर्थात माघ १० देखि ३० गतेसम्म कायम रहनेछ ।
साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो कर्फ्यु आदेशको घोषणा गर्न भएका थिए । उनले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि कर्फ्यु घोषणा गर्नुपरेको बताएका छन् ।
साउदी राजा सल्मानले जनहितका लागि कर्फ्यु पालना पूर्णरूपमा गर्न पनि आह्वान गरेका छन् । राजाको तर्फबाट राजदरबारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको संक्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना कोरोना संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यु आदेश लागू हुने छैन ।
प्रकाशित समय ०९:४० बजे

















