गृहपृष्ठ कोरोनाबारे जानकारी दिन नयाँ वेबपोर्टल सञ्चालनमा

कोरोनाबारे जानकारी दिन नयाँ वेबपोर्टल सञ्चालनमा

सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामलाई व्यवस्थित बनाउन शनिबार दिउँसोदेखि डाँफे हेल्थ डट कम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ । कोरोनाभाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउन नयाँ वेब पोर्टल एप्लिकेसन सञ्चालनमा ल्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेमबहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डट कम सञ्चालनमा आउने जानकारी दिएका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सूचना र ज्ञान सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार गरेको र शनिबारदेखि सञ्चालनमा आउने जानकारी दिएका थिए ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु