गृहपृष्ठ इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो (सूचीसहित)

इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो (सूचीसहित)

विश्वभर ६ लाख ६३ हजार ३४ मा संक्रमण, ३० हजार ८५१ मृत्यु, अमेरिकामा मात्रै एक लाख साढे २३ हजार संक्रमित

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीले १० हजारभन्दा बढी नागरिकको ज्यान गुमाइसकेको छ ।

अहिलेसम्म इटालीमा ८२ हजार ४७२ जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । संक्रमितहरुमध्ये १२ हजार ३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३ हजार ८५६ जनाको अवस्था भने गम्भीर नै देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या बढेको छ । एक लाख २३ हजार ४९८ जनामा भाइरस संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि बढीरहेको छ । अहिलेसम्म त्यहाँ २ हजार २११ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनको बुहानबाट विश्वभर फैलिएको भाइरसका कारण पछिल्लो समय युरोपियन देशहरुमा भाइरसको हब जस्तै बनेको छ । युरोपका इटाली, फ्रान्स, स्पेन, जर्मनी, इरान, युकेलगायतका देशहरुले ठूलो संख्यामा मानवीय क्षति व्यहोरेका छन् ।

गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५ हजार ८१२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२ हजार २४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२ हजार २८५ जना निको पनि भएका छन् ।

विश्वभरको तथ्यांक हेर्दा यो समाचार तयार पार्दासम्म ६ लाख ६३ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ३० हजार ८५१ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ४१ हजार ९५३ जना उपचारपछि घर फर्किएका छन् ।

(हेर्नुहोस् सूचीसहित)

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु