गृहपृष्ठ साढे आठ लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिन ४३ सयको मृत्यु (सूचीसहित)

साढे आठ लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिन ४३ सयको मृत्यु (सूचीसहित)

अमेरिकामा एक लाख ८८ हजार संक्रमित, इटालीमा साढे १२ हजारको ज्यान गयो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको व्यापक प्रकोप लिएको छ । पछिल्लो २४ घण्टामा मात्रै चार हजार ३६७ जनाले ज्यान गुमाइसकेका छन् ।

चीनबाट सुरु भएको भाइरस विश्वका सबै देशमा पुगेको छ । विश्वभरको तथ्यांक हेर्दा पछिल्लो २४ घण्टाभित्रै ७३ हजार ३८९ जनामा नयाँ संक्रमण देखिएको छ । चीनमा भने नयाँ मृत्युदर र संक्रमण पनि घटेको छ ।

केही दिन यता कोरोनाको प्रकोप अमेरिकामा बढी फैलिएको छ । अमेरिकामा एकै दिनमा २४ हजार ४९२ जनामा नयाँ संक्रमण भएको छ भने ७४२ जनाले एकैदिन ज्यान गुमाएका छन् । अमेरिकामा यो समाचार तयार पार्नसम्म तीन हजार ८८३ जनाले ज्यान गुमाइसकेका छन् भने एक लाख ८८ हजार २८० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा सबैभन्दा बढी ज्यान गुमाउनको मुलुक भएको छ । पछिल्लो २४ घण्टामै इटालीमा ८३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चार हजार ५३ जनामा नयाँ संक्रमण देखा परेको छ । अहिलेसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४२८ पुगेको छ भने संक्रमणको संख्या एक लाख ५ हजार ७९२ पुगेको छ । उपचारपछि सञ्चो हुनेको संख्या १५ हजार ७२९ पुगेको छ ।

तेस्रो नंमा विश्वको सबैभन्दा बढी मानवीय क्षति भएको देशको रुपमा स्पेन देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टाभित्रै ७४८ जनाले ज्यान गुमाएका छन् भने सात हजार ९६७ जनामा नयाँ संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म स्पेनमा ज्यान गुमाउनेको संख्या आठ हजार ४६४ पुगेको छ भने संक्रमितको संख्या ९५ हजार ९२३ पुगेको छ ।

वर्ल्ड म्याटरको तथ्यांकअनुसार दिनानुदिन कोरोनाको संक्रमण बढ्दै गएको छ । विश्वभर कोरोनाको संक्रमण आठ लाख ५८ हजार १२७ जनामा फेला परेको छ भने ४२ हजार १४० जनाको ज्यान गएको छ । त्यस्तै उपचारपछि सञ्चो हुनेको संख्या एक लाख ७७ हजार १४१ पुगेको तथ्यांकमा उल्लेख छ ।

तालिकासहित

प्रकाशित समय ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु