गृहपृष्ठ नौ दिनमा लकडाउन उल्लंघन गर्ने २६७६ सवारीलाई कारबाही

नौ दिनमा लकडाउन उल्लंघन गर्ने २६७६ सवारीलाई कारबाही

फाइल फाेटाे

कोरोनाको त्रास बढेपछि सरकारले लगाएको लकडाउन उल्लंघन गर्ने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत ११ गतेबाट सुरु भएको लकडाउन उल्लंघन गर्ने दुई हजार ६७६ सवारी साधनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सरकारले तोकेको लकडाउन उल्लंघन गर्नेलाई सुरुको दिन सम्झाइ बुझाई र माइकिङ गरेको थियो । ११ गते सम्झाइ बुझाई गर्दा पनि अटेरी गर्ने गरेको भन्दै १२ गते एक हजार ६३ सवारीलाई कारबाही गरेको थियो ।

त्यस्तै १२ गते २५३, १४ गते २१६, १५ गते १३९, १६ गते २४३, १७ गते २४२, १८ गते ३०१ र १९ गते बिहान १० बजेसम्म २११ गरी दुई हजार ६७६ सवारीलाई कारबाही गरेको उनले बताए ।

प्रकाशित समय ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु