गृहपृष्ठ नेपाल बैंकद्वारा सातै प्रदेशका कोरोना कोषमा ५/५ लाख सहयोग
नेपाल बैंकद्वारा सातै प्रदेशका कोरोना कोषमा ५/५ लाख सहयोग
नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघीय सरकारको राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
प्रकाशित समय ११:०५ बजे

















