गृहपृष्ठ काठमाडौँमा भएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने सरकारको निर्णय
काठमाडौँमा भएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने सरकारको निर्णय
कोरोनाभाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार घर जान पाउने भएका छन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना विशेष समितिको बैठकले दुई दिन उपत्यकाबाहिर जान दिने निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । लकडाउन लम्बिँदै गएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिरिन थालेका थिए । भारतमा तीव्ररुपमा संक्रमितको संख्या बढेपछि लकडाउन अझै लम्ब्याउने तयारीमा सरकार जुटेको छ । लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने निचोडमा पुगेको सरकारले गाउँ फर्कन चाहनेहरुलाई जान दिन लागेको हो ।
सरकारले भारतमा संक्रमितको संख्या उच्च दरमा बढ्दै जाँदा सीमा क्षेत्रमा पनि कडाइ गरेको छ । केही दिन अघिसम्म नेपाल‑भारत सीमाका १२० बिओपीमा रहेको जनशक्तिले सीमा क्षेत्र हेर्दै आएको थियो । ‘अहिले बिओपी संख्या ९२५ पुर्याइएको छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रवीणकुमार श्रेष्ठ भन्छन्, ‘आवश्यकताअनुसार अझ बढाउने तयारीमा छौं ।’
प्रकाशित समय १५:३५ बजे

















