गृहपृष्ठ १२ सय परिवारलाई राहत वितरण
१२ सय परिवारलाई राहत वितरण
ललितपुर महानगरपालिकाको २६ र २७ वडामा शुक्रबार राहत वितरण गरिएको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने वडावासी परिवारलाई राहत वितरण गरिएको हो ।
दुई जना मात्र भएको परिवारलाई संख्या ५ केजी र ३ जनाभन्दा बढी सदस्य संख्या भएको परिवारलाई १० केजीका दरले चामल वितरण गरिएको २६ नम्बर वडाका वडाअध्यक्ष सुरेश महर्जनले बताए । साथै वडा कार्यालयले हरेक परिवारलाई २ केजी दाल, १ केजी नुन, आधा लिटर तेल र डेढ किलो चिउरा पनि वितरण गरेको छ ।
वडाध्यक्ष महर्जनका अनुसार फारम भरेका ६ सय ९४ मध्ये ५ सय ९३ परिवारले १० केजी र १ सय १ ले ५ केजीका दरले चामल पाएका छन् । फारमअनुुसार नै महानगरले राहत उपलब्ध गराएको र वडा कार्यालयले पनि सोहीअनुसार राहत बाँडेकोे उनले बताए । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै भीडभाड हुन नदिन छुट्टाछुट्टै स्थानबाट राहत वितरण गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

वडा कार्यालयले फारम भराई कुपन बाँडेको थियो । त्यही कुपनअनुसार नै आज राहत वितरण गरेको हो ।
२७ नम्बर वडाले पनि आजै राहत वितरण गरेको छ । ७ सय जनाले फारम भरेको भए पनि ५ सयलाई मात्र राहत बाँडिएको वडाध्यक्ष बाबुराजा महर्जनले बताए । वडालाई महानगरपालिकाबाट २५ केजी बरारबरको १ सय ९८ बोरा चामल, १० बोरा १८ नुन, २१ काटन साबुन, ३७ बोरा चिउरा र २ सय ६९ काटन तेल प्राप्त भएको महर्जनले बताए । महानगरबाट प्राप्त सामग्रीलाई वडाले तय गरेको मापदण्डको आधारमा विपन्न परिवारलाई राहत वितरण गरिएको उनले जानकारी दिए ।
प्रकाशित समय १८:१८ बजे

















