गृहपृष्ठ मासुमा बढी मूल्य लिने आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना
मासुमा बढी मूल्य लिने आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना
राहतमा गुणस्तरहीन सामान हाल्नेलाई ३ लाख जरिवाना
वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले मासुको मूल्य बढी लिने नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
शुक्रबार बजार अनुगमनको क्रममा नयाँ बानेश्वर शंखमुलमार्गमा रहेकाे आइकालु मासु पसलले मा खसीकाे मासु प्रतिकिलो रु १८ सय लिएर बेचिरहेको पाइएपछि विभागले स्थलगत रूपमै रु २ लाख जरिवाना गराएको हो ।
शुक्रबारै कलंकीमा रहेकाे चितवन खाद्य स्टाेर्सले समेत बढी मूल्य लिने काम गरेको पाइएपछि सो पसललाई समेत रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै, नागार्जुन न.पा. ४ बाफल सितापाइलास्थित न्यू बि. के. स्टाेरले राहतकाे सामग्रीमा म्याद नाघेकाे सामान प्याकिङ गरी बिक्री गरेकाे पाइएकाले त्यो पसललाई रु ३ लाख जरिवाना गरिएको थियो ।
प्रकाशित समय १८:१७ बजे

















