गृहपृष्ठ पेप्सीकोलास्थित सनसिटीबाट अस्पताल लगिएका २ जनामा कोरोना संक्रमणको पुष्टि

पेप्सीकोलास्थित सनसिटीबाट अस्पताल लगिएका २ जनामा कोरोना संक्रमणको पुष्टि

एक जनाको रिपोर्ट आउन बाँकी

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरूको थ्रोट स्वाब नमूनाको रिपोर्ट पोजेटिभ आएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

एकै परिवारका ८१ वर्षीय आमा, ५८ वर्षका छोरा ५२ वर्षका बुहारीमा र्‍यापिड डायग्रोस्टिक टेष्ट गर्दा पोजेटिभ देखिएपछि तीनै जनालाई सोमबार बेलुकी पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु गत चैत ५ गते बेलायतमा फर्किएका थिए ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशंका देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको हो ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु