गृहपृष्ठ कोरोनाको आशंकामा करिब ५ हजारको परीक्षण, सबै रिपोर्ट नेगेटिभ

कोरोनाको आशंकामा करिब ५ हजारको परीक्षण, सबै रिपोर्ट नेगेटिभ

कोरोना संक्रमणको आशंकामा बितेका २४ घण्टामा करिब ५ हजारको स्वास्थ्य परीक्षण गरिएको छ । हिजो दिउँसोदेखि आज दिउँसोसम्ममा ४ हजार ८२२ जनाको नमुना परीक्षण गरिएको र कोही पनि संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको परीक्षणसँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २५३ पुगेको छ । ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५६५ जनाको आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु