गृहपृष्ठ हिँडेर जान नदिन र समस्यामा परेकालाई खाना खुवाउन प्रधानमन्त्रीको निर्देशन
हिँडेर जान नदिन र समस्यामा परेकालाई खाना खुवाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर गाउँ जान नदिन निर्देशन दिएका छन् । लकडाउनको बेला मानिसहरू हिँडेरै गृह जिल्ला गइरहेका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले हिँडेर घर जाँदै गरेकाहरू खान नपाएर समस्यामा परेको भए तत्काल खानाको व्यवस्था गर्न पनि निर्देशन दिएको बैठकमा उपस्थित एक सदस्यले जानकारी दिए ।
बैठकमा पैदल घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने र जसरी पनि घर जान चाहनेलाई उच्च सुरक्षा व्यवस्थासहित जिल्ला सदरमुकामसम्म पुर्याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने दुई वटा विकल्प प्रधानमन्त्रीसमक्ष पेस गरिएको थियो ।
प्रकाशित समय १९:२० बजे

















