गृहपृष्ठ कोभिड नियन्त्रण कोषमा प्राइम बैंकद्वारा पौने २ करोड सहयोग
कोभिड नियन्त्रण कोषमा प्राइम बैंकद्वारा पौने २ करोड सहयोग
प्राइम कमर्सियल बैंकले सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँ जम्मा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको जनाएको छ ।
सहयोग रकम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई हस्तान्तरण गरेका छन् । बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामललगायत खाद्य वितरण गर्दै आएको जानकारी गराएको छ ।
प्रकाशित समय १९:३९ बजे

















