गृहपृष्ठ १६ दिन अस्पताल बसेपछि कैलालीका कोरोना संक्रमित युवक डिस्चार्ज
१६ दिन अस्पताल बसेपछि कैलालीका कोरोना संक्रमित युवक डिस्चार्ज
कैलालीका कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । लम्कीचुहा नगरपालिका- ९, प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि आइतबार घर फर्किएका हुन् ।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदिश जोशीले बताए । कोरोनालाई जितेर घर जान पाउँदा युवक खुशी थिए ।
अब सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमितको उपचार भइरहेको छ । उनीहरूको पछिल्लो रिपोर्ट पनि पोजेटिभ आएको थियो । धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- १ की ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेको डा. जोशीले बताए । सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको संख्या यथावत छ ।
यो पनि पढ्नुहोस् :
सुदूरपश्चिममा ८ हजारको नमूना परीक्षण, १० जना आइसोलेसनमा
प्रकाशित समय १७:०९ बजे

















