गृहपृष्ठ लकडाउन अवधिको घरभाडा मिनाह गर्न उद्योग वाणिज्य संघको आग्रह

लकडाउन अवधिको घरभाडा मिनाह गर्न उद्योग वाणिज्य संघको आग्रह

कैलाली उद्योग वाणिज्य संघलै कैलालीका घरधनीलाई लकडाउन अवधिको घरभाडा मिनाह गरिदिन आग्रह गरेको छ । कोरोना भाइरसले विश्वव्यापी महामारी फैलिएसँगै चैत ११ देखि देशभर लकडाउन जारी छ ।

त्यसबाट व्यापार व्यवसाय पनि प्रभावित छ । त्यसैले घरभाडा मिनाह गरिदिन उद्योग वाणिज्य संघ कैलालीले घरधनीहरुमा आग्रह गरेको हो । सोमबार संघका अध्यक्ष पुष्प राज कुँवरले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले समेत घरभाडा मिनाहको लागि आग्रह गरेको कुरा स्मरण गरिएको छ ।

व्यापार व्यवसाय सञ्चालन नभएकाले तीन महिनाको व्याज मिनाह गरेर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्न पनि सरकारसँग संघले आग्रह गरेको छ ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु