गृहपृष्ठ दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयले नेकपामा ‘हलचल’
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयले नेकपामा ‘हलचल’
पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक
सरकारले दल फुटाउन सहज हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने भएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हलचल मच्चिएको छ ।
मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सरकारमा सहभागी भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै छलफल गरेको स्रोतले बताएकाे छ । स्रोतका अनुसार छलफलपछि पूर्वमाओवादी नेताहरू प्रचण्ड भेट्न खुमलटारतर्फ लागेका छन् । पछिल्लो घटनाक्रमसँगै नेकपा भित्रको आन्तरिक विवादले उत्कर्ष रूप लिएको छ ।

नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने प्रावधान राखेर अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
हालको कानुनमा राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या अनिवार्य पुर्याउनुपर्ने प्रावधान छ ।
प्रकाशित समय १६:३२ बजे

















