गृहपृष्ठ थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्यो
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४५ पुग्यो
नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरुको थप विवरण खुलाइएको छैन ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा रहेको बताइएकाे छ । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।
प्रकाशित समय १६:४७ बजे

















