गृहपृष्ठ अन्नपूर्ण आधार शिविरमा हराएका थप एकको शव फेला

अन्नपूर्ण आधार शिविरमा हराएका थप एकको शव फेला

तस्बिर : पर्यटन प्रहरी कार्यालय पोखरा

गत फागुन ३ गते अन्नपूर्ण आधार शिविर जाने क्रममा ३ नेपाली र ४ कोरियन गरि वेपत्ता भएका ७ जना मध्ये थप एक जना नेपालीको शव फेला परेको छ ।

धादिङ घर भएका अन्दाजी ४५ वर्षीय मेनबहादुर तामाङको शव कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा भेटिएको पर्यटन प्रहरी कार्यालय पोखराले जनाएको छ ।

शवसँगै तीन कोरियनको झोला फेला परेको छ । यस अघि नेपाली गाइड सरोज परियारको शव भेटिए पनि कोरियन नागरिक अझै अज्ञात छन् ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु