गृहपृष्ठ राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज
राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज
राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा खारेज गरेकी छन् । राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् । चौतर्फी विरोध भएपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय १५:४३ बजे

















