गृहपृष्ठ लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

फाइल तस्बिर ।

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ बसेको  मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चैत ११ बाट सुरू भएको लकडाउनकाे अवधि यसअघि पटक-पटक थप हुँदै १५ वैशाखसम्म कायम  थियो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित समय १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु