गृहपृष्ठ धनगढीमा उपचाररत महिलाको पाँचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढीमा उपचाररत महिलाको पाँचौँ रिपोर्ट पनि ‘पोजेटिभ’

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाँचौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत ३४ वर्षीया महिलाको पाँचौँ पटक गरिएको थ्रोट स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भइसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार चिकित्सकको सल्लाहअनुसार उनको पुनः स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित समय ०९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु