गृहपृष्ठ राहत लिन पुगेका युवकमाथि प्रहरीको लाठी, कानको जाली फुट्यो
राहत लिन पुगेका युवकमाथि प्रहरीको लाठी, कानको जाली फुट्यो
राहत लिन गएका एक युवक प्रहरीबाटै कुटिएका छन् । जनकपुरधाम उपमहानगरपालिका- ४ मा वितरण भइरहेको राहत सामग्री लिन पुगेका भारतको बिहार घर भइ हाल जनकपुर बस्दै आएका ४० वर्षीय सुजित साह प्रहरीको कुटाइबाट घाइते भएका हुन् ।
पीडित साहले प्रहरीले गरेको लाठी प्रहारबाट आफ्नो कानको जाली फुटेको बताए । साहका अनुसार लाठी प्रहारबाट बेहोश भएका उनलाई प्रहरीले मेडिकलमा उपचार गराइ औषधि दिएर पठाएक छन् । प्रहरीको निर्घाट कुटपिटबाट कानमा गम्भीर चोट लागेकाले आफूलाई झन समस्या भएको पीडित साहले बताए ।
जनकपुरधाममा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका साह लकडाउनले गर्दा मजदुरी गर्न नपाएपछि वडा कार्यालयले दिन लागेको राहत सामग्री लिन तिरहुतीय गाछी पुगेका थिए । राहत वितरण स्थलमा भीड भएपछि प्रहरीले गरेको लाठीचार्जबाट आफू घाइते भएको साहको भनाइ छ ।
प्रकाशित समय १८:३८ बजे

















