गृहपृष्ठ नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू
फाइल तस्बिर ।
आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार केहीबेर अघिबाट सुरु भएको छ । गुटबन्दी चर्कँदै जाँदा प्रधानमन्त्रीइतर समूहको दबाबमा सचिवालय बैठक बोलाइएको हो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार सचिवालय बैठक बुधबार पाँच बजे बोलाउने तय भएको थियो ।
आजको बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने बताइएको छ । तर अध्यक्ष ओली भने सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।
दुवै पक्षले आफ्नो पक्षमा बहुमत जुटाउन हस्ताक्षर अभियान पनि चलाइरहेका छन् । प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैबाट राजीनामा दिनुपर्ने प्रचण्ड र नेपाल पक्षको अडान छ । ओली भने दुवै पद नछाड्ने रणनीतिमा छन् ।
प्रकाशित समय १८:१६ बजे

















