गृहपृष्ठ समाचार संकलन गर्न गएका पत्रकार प्रहरी हिरासतमा

समाचार संकलन गर्न गएका पत्रकार प्रहरी हिरासतमा

arrest_pakrau_news karobar

राहत वितरणको समाचार संकलनका लागि केआइसिंह गाउँपालिका- ४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार संकलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस संगठन जिल्ला शाखाले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताएका छन् । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफूमाथि हातपात गर्नुका साथै प्रहरीले विनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीको भनाइ छ ।

प्रेस संगठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले विनाकारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहाइ गर्न माग गरिएको छ । समाचार संकलन गर्न गएका पत्रकार कार्कीमाथि वडाध्यक्षले कुटपिट गरेको भन्ने आरोप लगाइएको छ । प्रहरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित समय २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु