गृहपृष्ठ विश्वका झण्डै आधा कामदारको रोजगारी संकटमा : आइएलओ

विश्वका झण्डै आधा कामदारको रोजगारी संकटमा : आइएलओ

international labour organization (ILO)

अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी संकटमा परेको पाइएको छ । यो संख्या कुल कामदारको झण्डै आधा भएको संयुक्त राष्ट्र संघीय निकायहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांकअनुसार उनीहरूले अहिले नै बेरोजगारीको संकट भोगिसकेका छन् । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् ।

अनौपचारिक क्षेत्रअन्तर्गत पर्ने उत्पादन व्यापारलगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर संकट’मा परेको संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिएपछि संगठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण उल्लेख गरिएको छ ।

विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । तीमध्ये दुई अर्बले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।

कोरोनाका कारण संकटमा परेकाहरू अधिकांश शारीरिक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ । उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ ।

त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।

प्रकाशित समय २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु