गृहपृष्ठ कैलालीमा कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’
कैलालीमा कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’
धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । २८ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको ६ पटकसम्म परीक्षण भइसकेको र सबै रिपोर्ट पोजेटिभ आएको बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिनेछ ।
उनीसँगै भर्ना भएका दुई जना र त्योभन्दा अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ कि महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका हुन् ।
अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । ३४ वर्षीय महिलामा स्थानीय संक्रमण हो ।
प्रकाशित समय ०८:३८ बजे

















