गृहपृष्ठ ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : ७ घर जलेर नस्ट
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : ७ घर जलेर नस्ट
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नस्ट भएका छन् । शुक्रबार राति १० बजेदेखि लागेको आगलागीका कारण सात घर जलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागी विहान ५ बजे मात्रै नियन्त्रणमा आएको थियो ।
स्थानीय बासिन्दा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।
प्रकाशित समय ०७:२५ बजे

















