गृहपृष्ठ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकको एजेण्डाबारे भने पूर्वजानकारी नदिइएको भए पनि आइतबार मध्याह्न बोलाइएको बैठक सुरू भएको बताइएको छ ।

आगामी जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने र त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बैठक बसेको हुन सक्ने बताइएको छ । त्योसँगै बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ ।

कोरोनाको त्रास फैलिएपछि बालुवाटारमा सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था समेत मिलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु