गृहपृष्ठ काठमाडौंका ठूला होटलहरु ६ महिनासम्म बन्द, कर्मचारीलाई तलबको १२.५ प्रतिशतमात्रै दिइने
काठमाडौंका ठूला होटलहरु ६ महिनासम्म बन्द, कर्मचारीलाई तलबको १२.५ प्रतिशतमात्रै दिइने
काठमाडौंमा व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म ठूला तथा पाँचतारे होटलहरु बन्द गर्न सरकारसँग प्रस्ताव राख्ने भएका छन् ।
होटल सञ्चालकहरुले काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले व्यापार शून्य भएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् । होटल संघ नेपालले बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने पनि प्रष्ट पारेको छ ।
अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधान व्यवस्थापन कठिन भएको भन्दै उनीहरुले बन्द गर्ने निर्णय गरेका हुन् ।
संघले बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने संघले दाबी गरेको छ ।

प्रकाशित समय ०६:२५ बजे

















