गृहपृष्ठ फेरि लम्बियो लकडाउन

फेरि लम्बियो लकडाउन

मन्त्रिपरिषद बैठक । (फाइल तस्बिर)

बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन पुन: लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको हो ।

कोरोनाभाइरसको संक्रमण रोकथाममा लागि सरकारले चैत ११ पहिलो चरणको लकडाउन घोषणा गरेको थियो । त्यसयता पटक-पटक लकडाउन थप हुँदै आएको छ । पछिल्लोपटक थप भएको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्‍न सिफारिस गरेको थियो ।

लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । यसमध्ये २२ जना निको भइसकेका छन् ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु