गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ पुगेको छ । हालसम्मका संक्रमितमध्ये सबैभन्दा कम उमेरकी २ महिनाको शिशुसहित थप १७ जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पाेजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नयाँ संक्रमितहरूमध्ये सात महिला र १० जना पुरुष रहेको डा. देवकोटाले बताए ।
प्रकाशित समय १६:४१ बजे

















