गृहपृष्ठ अमेरिकामा फेरि बढ्दै दैनिक रुपमा मृत्यु हुनेकोे संख्या
अमेरिकामा फेरि बढ्दै दैनिक रुपमा मृत्यु हुनेकोे संख्या
एकैदिनमा अमेरिकामा २५२८ को मृत्यु, साढे २५ हजार नयाँ संक्रमित
कोरोनाभाइरसको हब जस्तै बनेको अमेरिकामा ज्यान गुमाउनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा २५ सयभन्दा बढी मानिसको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ । पछिल्लो केही समययता दैनिक ज्यान गुमाउनेकोे संख्या एक हजारको हाराहारीमा थियो । त्यो संख्या बढ्दै गएर आजमात्रै २५ सय २८ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ पुगेको छ भने ७४ हजार ७९९ जनाले ज्यान गुमाइसकेका छन् । गएको २४ घण्टामा मात्रै अमेरिकामा २५ हजार ४५९ जनामा थप संक्रमण देखिएको हो । अहिले ९ लाख ७५ हजार ३१२ जना उपचाररत छन् । तीमध्ये पनि तीन हजार ८१६ जनाको अवस्था गम्भीर देखिएको छ । दुई लाख १२ हजार ९८१ जना डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित समय ०७:३८ बजे

















