गृहपृष्ठ सीमा अतिक्रमणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
सीमा अतिक्रमणबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक बुधबार साढे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बताइएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित पूर्वप्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाइएकाे छ ।
प्रकाशित समय १५:२२ बजे

















