गृहपृष्ठ भारतमा संक्रमितको संख्या ९० हजार नाघ्यो, एकै दिन ११८ जनाको मृत्यु

भारतमा संक्रमितको संख्या ९० हजार नाघ्यो, एकै दिन ११८ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । एकै दिनमा चार हजार ८६४ जना नयाँ संक्रमित भेटिएपछि संक्रमितको संख्या ९० हजार ६४८ पुगेको हो ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म भारतमा दुई हजार ८७१ जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टामा मात्रै ११८ जनाले ज्यान गुमाएका छन् ।

अहिले भारतमा कुल संक्रमितमध्ये ३४ हजार २२४ जनाको सफल उपचार भएको छ भने ५३ हजार ५५३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु