गृहपृष्ठ पेस्तोल तथा गोलीसहित २ जना पक्राउ
पेस्तोल तथा गोलीसहित २ जना पक्राउ
बिष्णु गाउँपालिका- ३, बिश्वनाथ टोलस्थित बाँसघारीबाट पेस्तोल २ थान, गोली ६राउण्ड र म्यागजिन १ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका- ३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन् । उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर रजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त हतियार र मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
सोही ठाउँस्थित बीआर ३० एम. ६७८७ नम्बरको मोटरसाइकलसहित अपरिचित व्यक्तिहरु लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली सो स्थान पुगेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १२:५० बजे

















