गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप अर्को एक व्यक्तिको मृत्यु भएकाे छ । योसँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या नेपालमा २ पुगेको छ ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।
क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार बिहान ६ः४० बजे मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसअघि सिन्धुपाल्चोक, बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको गत बिहीबार मृत्यु भएको थियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर पुगेको केही दिनमै बिरामी परेकी थिइन् । उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा उनको मृत्यु भएको हो ।
प्रकाशित समय १६:५५ बजे

















