गृहपृष्ठ कोरोनाबाट थप एकको मृत्युसँगै परीक्षण बढाउन आग्रह
कोरोनाबाट थप एकको मृत्युसँगै परीक्षण बढाउन आग्रह
नेपालमा कोरोना भाइरसका कारण २ जनाको ज्यान गएपछि सचेततापूर्वक पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरिएको छ ।
सामाजिक सञ्जालमा परीक्षणका दायरा बढाउन ढिलाइ भएको बताएका हुन् । चिकित्सा क्षेत्रसँग सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले परीक्षण कम भएको, चिकित्साकर्मीहरूलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) कम भएको विषयमा टिप्पणी गरेका छन् भने अन्यले मृत्युका कारण कोरोना भाइरसमात्र नभइ थप कारण हुनसक्ने टिप्पणी गरेका छन् ।
टेस्ट टेस्ट टेस्ट र संकास्पदको टेस्ट! भन्नुको कारण यहि हो। कोरोना लागेको थाहा पाउन, समुदायमा फैलन बाट रोक्न र इलाज गर्दा पनि सबै जना होसियार भएर भयरहित भएर काम गर्नकै लागि भनिएको हो। हिजो र आजको मृत्यु पश्चात् टेस्ट हुनुले पुर्याउने नोक्सानि हेर्नुस अब!
— लछुमन (@Rijallaxman) May 17, 2020
क्वारेण्टाइनहरु कन्सन्ट्रेसन क्याम्प वन्दैछन् ।
जाँच्न राखेकाे कि मर्न ?!— Sachchidananda (@lomo1910) May 17, 2020
सरकारले आइसोलेसन बेडका संख्या बढाउनका ढिलाइ गरेकोप्रति पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रोष व्यक्त गरेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको पहिलो केस भेटिँदा ५ वटा आइसोलेसन बेड थिए। अहिले १ जनाको मृत्यु भइसक्दा पनि ५ वटा मात्रै आइसोलेसन बेड रैछन !! वाह वाह !! क्या तयारि छ महामारिसंग लड्न !! धन्यबाद दुइतिहाईको नेकपा सरकार !!!??
— हाकिम (@Realhakkim) May 17, 2020
मलाई चाहिँ क्वारेन्टाइनमा राखिएको अवस्थामा मृत्युु हुने सम्भावना धेरै छ झैं लाग्यो। उपयुक्त खानपिन, पानी र औषधिको अभावमा जोखिमपूर्ण देखियो। शंका लाग्यो भने घरमै कठोर क्वारेन्टाइनमा आफूलाई राखे बरु बाँच्न सकिएला।
— Ramesh Kandel (@kandeldai) May 17, 2020
प्रकाशित समय १७:०५ बजे

















