गृहपृष्ठ प्रदेश १ मा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

प्रदेश १ मा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड- १९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोभिड- १९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । यसमध्ये १७ जना निको भएर घर फकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । यस्तै देशभर संक्रमितको संख्या ३५७ पुगेकाे छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु