गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, कुन प्रान्तमा कतिको मृत्यु ?
भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, कुन प्रान्तमा कतिको मृत्यु ?
विश्वभर कोरोनाभाइरसबाट हुने लाग्ने कोभिड १९ बाट ४८ लाख ९० हजार मानिस संक्रमित भएका छन् । अमेरिकामा मात्रै कोभिड १९ संक्रमितको संख्या १५ लाख ५० हजारभन्दा बढी भएको छ । त्यस्तै नजिकको छिमेकी मुलुक भारतमा एक लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा २४ घण्टामा ४ हजार ६३० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख ३२८ पुगेको हो । यो अवधिमा भारतमा १३१ जनाले ज्यान गुमाए । यससँगै कोभिड १९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ ।
विश्वभर कोभिड १९ बाट ३ लाख २० हजार १२५ जनाले ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा ३ हजार ४४५ जनाले ज्यान गुमाएसँगै विश्वभर कुल मृतकको संख्या ३ लाख २० हजार १२५ पुगेको छ ।
भारतका कुन प्रान्तमा कतिको मृत्यु ?
महराष्ट्र – १,२४९
गुजरात – ६९४
मध्य प्रदेश – २४८
पश्चिम बंगाल – २४४
दिल्ली – १६०
राजस्थान – १३८
उत्तर प्रदेश – ११२
तामिल नाडु – ८१
आन्ध्र प्रदेश – ५०
कर्णाटक – ३८
पन्जाब – ३५
तेलंगाना – ३४
जम्बु/कास्मिर – १५
हरियाणा – १४
बिहार – ९
केरला – ४
ओडिसा – ४
हिमाचल – ३
झारखण्ड – ३
चण्डीगढ – ३
आसाम – २
पुडुचेरी – १
मेघालय – १
उत्तराखण्ड – १
प्रकाशित समय ०७:१६ बजे

















