गृहपृष्ठ आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने

आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि संसदमा जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नीति तथा कार्यक्रम सार्वजनिकपछि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले ७ वटा संशोधन राखेका छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु