गृहपृष्ठ आज दिउँसो सवा २ बजे नेपालको नयाँ नक्सा सार्वजनिक गरिने
आज दिउँसो सवा २ बजे नेपालको नयाँ नक्सा सार्वजनिक गरिने
भारतले अतिक्रमण गरेको भूमिसमेत समेटिएको नेपालको
नयाँ नक्सा ।
आज बुधबार दिउँसो सवा २ बजे नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गर्न बताइएको छ । साथै नेपाल टेलिभिजनमार्फत् नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।
प्रकाशित समय १३:१६ बजे

















